कथानक चलचित्र ‘हेल्लो काशीराम’ को छायाँकन सुरु

230

काठमाडौं / नेपाली कथानक चलचित्र ‘हेल्लो काशीराम’को छायाँकन सुरु भएको छ । सोमबारबाट छायाँकन सुरु भएको चलचित्रका कमेडी जनरामा निर्माण हुन लागेको फिल्मका निर्देशक रिम विश्वकर्मा हुन् । अभिनेता दीलिप रायमाझी र नवज्योति रसाइलीको मुख्य भूमिका रहने फिल्म पूर्ण हास्यप्रधान बन्ने निर्देशक रीमले जनाए । चलचित्रमा दीलिप र नवज्योतीको अलावा अर्जुन गुरुङ, उमेश मायालु, उमेश राइ, सरोज केसी, सुमन खाँड लगायतका कलाकारको समेत अभिनय रहनेछ । पीबि. थापा सह–निर्माताको रुपमा रहेको फिल्ममा शंकर महर्जनको द्वन्द्ध रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here