नेपाल विद्यार्थी संघको सडकबाटै सरकारलाई सीकेसंगको सम्झौता खारेज गर्न चेतावनी

95

काठमाडौं / सरकार र सीके राउतबीच भएको सम्झौतालाई खारेज  गर्न नेपाल विद्यार्थी संघले चेतावनी दिएको छ।

आज नेपाल विद्यार्थी संघले काठमाडौंको रत्नराज्य क्याम्पस अगाडि प्रदशन गर्दै तत्काल सम्झौता खारेज नगरे कडा आन्दोलनमा उत्रिने जनाएको छ।

सरकारले राष्ट्रलाई टुक्राउने सम्झौता गरेको भन्दै नेपाल विद्यार्थी संघ आर आर क्याम्पस इकाईको नेतृत्वमा प्रदर्शन  भएको नेपाल विद्यार्थी संघ आर आर क्याम्पसका इकाई सचिव अनुराग शाहले जानकारी दिएका छन् ।

आन्दोलनमा नेपाल विद्यार्थी संघ आर आर क्याम्पस इकाई अध्यक्ष सन्जिव ढकाल, पुष्कर बास्तोला, धादिङका विद्यार्थी नेता बिकाश अधिकारी लगायत तीन दर्जन नेतायत कार्यकर्ताहरुको सहभागी रहेको थियो।

सरकारले सिके राउतसंग भएको सम्झौता कार्यन्वयन  गरे देश विखन्डनमा जाने आन्दोलनमा सहभागी नेताहरूले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here