विश्वको सबैभन्दा धनी व्यक्तिका रुपमा अमेजन कम्पनीका मालिक जेफ बेजोस हुन् । हालै मात्र फोर्ब्स म्यागेजिनले जारी गरेको सूची अनुसार उनको कूल सम्पत्ति १ खर्ब ३१ अर्ब रहेको छ । दुनियाका अन्य धनी मानिसहरुको नाम लिनुपर्दा बिल गेट्स, वारेन बफेट, कार्लोस स्लिम आदिको नाम पनि सुचिमा परेका छन् । हामीले वर्षौँदेखि यिनै नामहरु विश्वका सबैभन्दा धनी मानिसको रुपमा पढ्दै आएका छौँ । तर हामीलाई मानव इतिहासकै एकजना सबैभन्दा धनी मानिसको बारेमा सायद थाहा नै छैन ।
उहाँ हुनुहुन्छ सर्वाधिक धनी मानिस जेफ बेजोज भन्दा ३ गुणा धेरै सम्पत्ति भएका एक मानिस पनि यो धर्तीमा थिए । इतिहासकारहरुले ती व्यक्तिलाई मानव इतिहासमै सबैभन्दा धनी व्यक्तिका रुपमा मानेका छन् ।


















