क्यालिफोर्नियामा नेपाली महिलाले मनाए १०९ औ अन्तरराष्ट्रिय नारी दिवस

407

क्यालिफोर्निया / अमेरिकाको क्यालिफोर्निया राज्यमा नेपाली महिला विश्व संजाल क्यालिफोर्निया शाखाको आयोजनामा ‘लैङ्गिक समानताको लागी समान सोच र व्यवहारस् सम्वृदिको आधार’  नाराको साथ १०९ औ अन्तर्राष्ट्रिय नारी दिवस भव्यताका साथ सम्पन्न भयो।

 गत मार्च ९ को साँझ बर्कली अडल्ट स्कुलमा  संस्थाकी अध्यक्ष गिता डंगोलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मुख्य अतिथि डा। शोभा हमाल गुरुङ हुनुहुथ्यो। तारा चालिसेको संयोजकत्वमा भएको उक्त नारी दिवसमा बे-एरिका बिभिन्न संघ संस्थाका अध्यक्ष, प्रतिनिधी, गान्यमान्य साथै धेरै महिला पुरुषहरुको सहभागिता रहेको थियो।

कार्यक्रमको शुरुवातमा संस्थाको आगामी नेतृत्वको लागि हौसला र जिम्मेवारी स्वरुप निवर्तमान् अध्यक्ष सुस्मिता सिजापतीले आफ्नो शिरको ताज नव नियुक्त अध्यक्ष गिता डंगोललाई पहिराई दिईन्। त्यसपछि लगतै नेपाल र अमेरिका दुवै राष्ट्रको राष्ट्रिय गान साथै, संस्थाको कार्यक्रम उद्घाटन गीत ‘ब्युझौ अब दिदीबैनी हाम्रो ईतिहास कोर्न’ लक्ष्मी खरेल र सम्पूर्ण संस्थाको टिमद्वारा स्टेजमा घन्कियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here