शिवम सिमेन्टमा सजन देवकोटा प्रमुख कार्यकारी अधिकृत

157

काठमाडौं / शिवम सिमेन्टमा प्रमुख कार्यकारी अधिकृतमा सजन देवकोटालाई नियुक्त भएको छ । देवकोटाले विगत २२ वर्षदेखि नेपालको विभिन्न उद्योग तथा मल्टिनेशनल कम्पनीहरुको व्यवस्थापकीय कार्य अनुभव हासिल गरेका छन्। करिव ४ वर्षदेखि शिवम सिमेन्टमा आवद्ध भएका थिए ।

नवनियुक्त प्रमुख कार्यकारी देवकोटा विगत लामो समयदेखि नेपाली विभिन्न उद्योग तथा मल्टिनेशनल कम्पनीहरु जस्तै नेस्टले ईण्डिया लिमिटेड, नेपाल लिभर लिमिटेड, वरुण विभरेज नेपाल, नेविको विस्कुट, चौधरी ग्रुप नेपाल र शिवम सिमेन्टस् समेतमा विभिन्न क्षेत्रको व्यवस्थापकीय कार्य अनुभव हासिल गरेका छन्। देवकोटालाई कम्पनीको सञ्चालक समितिको ५१ औं बैठकले चैत्र १ गतेदेखि लागु हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएको थियो ।

शिवम् सिमेन्ट लिमिटेड सन् २००९ देखि नेपालको केन्द्र भाग हेटौँडामा स्थापित भई जर्मन प्रविधीयुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी क्लिंकर र शिवम् सिमेन्ट तथा शिवमप्लस सिमेन्ट उत्पादन गरिरहेको छ। शिवम् सिमेन्टस् हालै सर्वसाधारणमा प्रिमियम मूल्यमा शेयर जारी गर्ने निजी क्षेत्रको पहिलो पब्लिक लिमिटेड कम्पनी बनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here