त्रिविका उपकुलपतिसहित ४३ जनालाई दुई महिनाभित्र कारबाही

148
;xdltkqdf x:tfIf/ ub}{ 8f s];L ;/sf/ / cgzg/t k|f 8f uf]ljGb s];LaLr laxLaf/ /flt ;xdlt ePkl5 ;xdltkqdf x:tfIf/ ub}{ k|f 8f uf]ljGb s];L . tl:a/M s'df/ rf}+nfufO{, /f;;

चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगले दोषी ठह-याएका पदाधिकारीलाई आयोगको सिफारिसबमोजिम कारबाहीको प्रक्रिया दुई महिनाभित्र सुरु गर्ने सम्झौता भएको छ ।

पूर्वाधार नपुगेका मेडिकल कलेजलाई नियमविपरीत सम्बन्धन दिन सिफारिस गरेको र दिएको आरोपमा आयोगले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँ, शिक्षाध्यक्ष प्रा.डा. सुधा त्रिपाठी र रजिस्ट्रार डिल्ली उप्रेतीलाई बर्खास्त गर्न र भविष्यमा सरकारी लाभका पदमा नियुक्त नगर्न सिफारिस गरेको छ ।

यस्तै आरोपमा त्रिभुवन विश्वविद्यालय, आइओएम र मेडिकल काउन्सिलका गरी ४० जना जिम्मेवारलाई पनि विभिन्न स्तरको कारबाही सिफारिस गरिएको छ । नयाँ पत्रिकाबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here