शिक्षित र सुन्दर कुमारी छोरी विवाह गरे करोडौं उपहार दिने बुवा

279

थाइल्याण्डका एक धनाढ्य व्यक्तिले आफ्नो कुमारी छोरी विवाह गर्ने पुरुषलाई २ लाख ४० हजार पाउण्ड दिने घोषणा गरेका छन्। उद्घोष गरिएको रकम नेपालमा ३ करोड ५७ लाख १४ हजार ३ सय ८१ रुपैयाँ हुन्छ।

आफ्नो २६ वर्षीया अंग्रेजी भाषा बोल्न जान्ने कुमारी छोरी कर्न्सितालाई विवाह गर्ने पुरुषले पैसासहित अधिक सम्पत्ति समेत पाउने ५८ वर्षीय अर्नोन रोडथोङले बताएका हुन्।

रोडथोङ थाइल्यान्डका करोडपति फार्म मालिक हुन्। उनीसँग चुमफोन प्रान्तमा ठूलो फलफुलको फार्म छ। जहाँबाट उनले लाखौं कमाउँछन्।

उनले आफ्नो छोरीको विशेषता बारे खुलाएका छन्। उनका अनुसार उनकी कुमारी छोरीले व्यवसायमा राम्रो सहयोग गर्छिन्। उनले भने,‘छोरी अंग्रेजी र चिनियाँ राम्रोसँग बोल्न सक्छिन्। उनी कुमारी छिन्।’

रोडथोङले आफ्नो हुनेवाला ज्वाँइ जुन देशको भएपनि छोरीलाई खुशी बनाउने खालको हुनपर्ने जनाएका छन्। उनले धेरै पढेको अथवा नपढेको जस्तो भएपनि ज्वाँई छोरीलाई खुशी राख्न सक्ने खालको हुनपर्ने जनाएका छन्।

थाइल्यान्डका केही क्षेत्रमा विवाह गरे वापत् पुरुषले श्रीमतिको परिवारलाई दाइजो दिनुपर्छ। तर धनाढ्य रोडथोङले आफूले आफ्ना हुनेवाला ज्वाँइलाई दाइजो दिने जनाएका छन्।

छोरीको श्रीमानलाई नगद इनामसहित आफ्नो फार्म समेत जिम्मा लगाउने उनको भनाइ छ। डेली मेल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here