अमेरिकामा एक जना युवतीले कुकुरको पिसाब पिउने गर्दछिन् यस कुरा साँचो हो । पिसाब पिउने युवतीको नाम हो लीन ल्यू । विश्वसका अधिकांश मानिसहरुले आफ्नो घरको सुरक्र्षाथ कुकुर पाल्ने गरिन्छ । मानिसका निम्ति कहिलेकाहीँ कुकुरप्रतिको लगाव यस्तो हदसम्म पुग्दो रहेछ कि कुकुरका हरेक चिज प्रिय लाग्दछन् ।
आखिर कुकुरको पिसाब उनले पिउनुको कारण के होला उनका अनुसार कुकुरको पिसाब पिउनाले अनुहारमा दागधब्बा नआउने, डण्डीफोर नआउने तथा क्यान्सरको उपचारमा पनि सहयोग पुग्ने उनले दाबी गरिन् । उनले भनिन् एकपटकमा एक गिलास कुकुरको पिसाब सिनित्तै पिउने गर्छिन ।

अचम्मको कुरा कु छ भने आफ्नो घरको कुकुरले गरेको पिसाब कम हुँदा उनले छिमेकीको कुकुरको पिसाब संकलन गरेर समेत पिउँछिन् । यसबाट मानिसहरुले आफ्नो अनुहारको चमकका बारेमा सोध्ने गरेको भन्दै उनले यसको रहस्य दिनहुँ पिउने कुकुरको पिसाब भएको बताउँछिन् । सुरुमा त उनलाई कुकुरको पिसाब पिउँदा निकै असजिलो भएको थियो । तर विस्तारै त्यो उनको बानी बन्यो । पहिले अनुहारमा निकै धेरै दागधब्का तथा डण्डीफोर थियो । तर कुकुरको पिसाब पिउन थालेपछि दागधब्बा हराएका अनुहारमा निखार आएको उनको भनाई रहेकाे छ । ।


















