गजल

222

रंगाइ दियो तिमीले प्रेम उपहार दिएर
सजाइ दियो तिमीले माया मलाई गरेर

हसाइ दियो तिमीले ओठमा मलाई राखेर
नजरको के दोष खै माया तिमीलाई गरेर

फुलैफुलको सुवास छरेर मनमा नयां उमंग भरेर
रंगाइ दियो तिमीले प्रेम उपहार दिएर

फुलबारीको एकल फुल बनेर
सजाइ दियो तिमीले माया मलाइ गरेर

सरिना बज्र्राचार्य
चन्द्रागिरि नगरपालिका, काठमाडौं

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here