रंगाइ दियो तिमीले प्रेम उपहार दिएर
सजाइ दियो तिमीले माया मलाई गरेर
हसाइ दियो तिमीले ओठमा मलाई राखेर
नजरको के दोष खै माया तिमीलाई गरेर
फुलैफुलको सुवास छरेर मनमा नयां उमंग भरेर
रंगाइ दियो तिमीले प्रेम उपहार दिएर
फुलबारीको एकल फुल बनेर
सजाइ दियो तिमीले माया मलाइ गरेर
सरिना बज्र्राचार्य
चन्द्रागिरि नगरपालिका, काठमाडौं


















