काठमाडौ, विप्लव नेतृत्वको नेकपाका मध्य कमाण्डर एवं तेस्रो वरियताका नेता हेमन्त प्रकाश ओली सहित आठ जना पक्राउ परेका छन् ।
केही दिन यता प्रहरीको निगरानीमा रहेका उनलाई प्रहरीको विशेष ब्यूरो र काभ्रे प्रहरीलेले पक्राउ गरेको हो । उनलाई शुक्रबार राती काभ्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । नख्खुस्थित एनसेल मुख्यालय अगाडी बम विस्पmोटका ओजनाकार समेत रहेको ओलीसँगै प्रहरीले धर्मराज राजबाहक, रामकृष्ण खतिवडा,शंकर अधिकारी, ललित लामा, लोकेन्द्र खड्का ,सन्जीव कार्की, वेद घिमिरे विजय श्रेष्ठ लगायतका नेताहरुलाई पनि पक्राउ गरेको छ ।

















