हेटौँडा / प्रदेश नं– ३ का सभामुख सानुकुमार श्रेष्ठले गोरखापत्रले राजनीतिक भाषण, टिप्पणी भन्दा जनतालाई आर्थिक समृद्धि तर्फ उत्प्रेरित गर्ने समाचारलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । गोरखापत्र संस्थानद्वारा आयोजित प्रदेश नं ३ स्तरीय पत्रकारितासम्बन्धी दुई दिने प्रशिक्षणको उद्घाटन गर्दै उहाँले मुलुकको ११८ वर्ष पुरानो गोरखापत्रमा प्रकाशित सामग्रीले सबै पत्रपत्रिकाका लागि पेरणाको स्रोत भएको चर्चा गदैैै समाचारदाताले पनि पत्रकारिताको आचरण संहितामा रहेर काम गर्न आग्रह गर्नुभयो ।
गोरखापत्र संस्थानका कार्यकारिणी अध्यक्ष कृष्णमुरारी भण्डारी र प्रधान सम्पादक श्री ओम श्रेष्ठले व्यक्ति र संस्था भन्दा गोरखापत्र राष्ट्रको सम्पत्ति भएको उल्लेख गर्दै गो.प.मा प्रकाशित समाचार, टिप्पणी र नयाँ नेपालको भाषाभाषीलाई अब नयाँ परिकल्पना अनुसार प्रयोग गर्ने व्यवहारिक ज्ञानको आवश्यता भएको उल्लेख गर्नुभयो ।
पत्रकारिताका स्रोत व्यक्ति शरदचन्द्र वस्ती र गो प मकवानपुरका समाचारदाता राममणि दहालले पत्रकारिता क्षेत्रलाई जनताप्रति जिम्मेवार हुँदै सत्यनिष्ठापूर्वक घटना विवेचना र राजनीतिक गतिविधि तथा सरकारले गरेका कामको निष्पक्ष र पारदर्शीताको साथ समाचारलाई प्राथमिकता दिन आग्रह गर्नुभयो । शनिबारसम्म सञ्चालन हुने पत्रकारिता प्रशिक्षण कार्यक्रममा ३ नं प्रदेशका उपत्यका बाहेकका १० जिल्लाका समाचारदाताको सहभागिता छ ।

















