सस्तो लोकप्रियताका लागि पार्टीको छवि बिगार्नेलाई कारवाही गर्नुपर्छ: शाह

100

काठमाडौं / नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष ऋषिकेश जंग शाहले पार्टीको छबिमा आँच आउने कार्य गर्ने जो कोहिलाई पार्टीले कार्वाही गर्नु पर्ने जनाएका छन।

शुक्रबार सामाजिक संजाल फेस्बुकमा आफ्नो धारणा सार्वजनिक गर्दै शाहले गोर्खाका महासमिति सदस्य राजेन्द्र बजगाईले आफू चर्चामा आउने पार्टी सभापति विरुद्ध उजुरी हालेर आफ्नो राजनीतिक चरीत्र उदाङ्गो पारेको पनि आरोप लगाए। जना

पुर्व उपाध्यक्ष शाहले पार्टी भित्र यस्ता अराजक गतिविधि गर्नेहरूलाई कार्वाही नगरेसम्म नेपाली कांग्रेस बलियो हुन नसक्ने भन्दै यस्ता अराजकहरुलाई तत्काल कार्वाहीको दायरामा ल्याउन पनि कांग्रेसको अनुशासन समिति सँग माग गरेका छन। उनले सभापतिका विरुद्ध बोल्ने साथिहरुलाई कम्युनिस्टहरुका गलत हर्कतका विरुद्ध बोल्न पनि आग्रह गरेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here