अलपत्रमा एकता प्रक्रिया ! ओली–प्रचण्डविरुद्ध झलनाथ खनाल आक्रोशित

85

काठमाडौं  / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा तीन महिनाभित्र टुंगो लगाउने भनिएको सांगठानिक एकताको काम एक वर्ष पुग्न लाग्दा समेत टुंगो लाग्न सकेको छैन ।

सांगठनिक एकताको कामले गति लिन नसक्दा आठ लाख कार्यकर्ता जिम्मेवारीविहीन अवस्थामा छन् । शीर्ष नेतृत्वमा देखिएको टकरावको कारण पार्टी एकीकरण घोषणा भएकै दिन गठित ४ सय ४१ सदस्यीय केन्द्रीय सदस्यहरूले समेत जिम्मेवारी पाउन सकेका छैनन् । अध्यक्षद्वय ओली र प्रचण्डबाहेक सचिवालयका अरु नेताहरुले भूमिका पाएका छैनन् साथै स्थायी समितिका नेताहरूले समेत केही भूमिका पाएका छैनन् ।

वरिष्ठ नेता झलनाथ खनाल समयमा नै सांगठनिक एकता प्रक्रिया टुंगो नलाग्दा अब कार्यकर्तालाई दिने जवाफ समेत नभएको जनाउँदै कार्यकर्तामा निराशासँगै आक्रोश छाएको जनाए । ‘कम्युनिस्ट पार्टीभित्र ११ महिनासम्म नेता र कार्यकर्तालाई भूमिकाविहीन बनाएर राख्दा ठूलो घाटा भएको छ,’ उनी भन्छन्, ‘सचिवालय र स्थायी समिति बैठकले एकताको बाँकी काम छिटो टुंगो लगाउन निर्णय गरेकै छ, तर अध्यक्षद्वयको ध्यान पुग्न सकेको छैन ।’

वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीको स्वार्थ केन्द्रीत राजनीतिको कारण सांगठनिक एकता प्रक्रिया लम्बिँदै गएको जनाउँदै आएका छन् । प्रधानमन्त्री र पार्टीको नेतत्व एउटै व्यक्तिले गर्दा अपेक्षा अनुसारको परिणाम निकाल्न नसक्ने जनाउँदै सचिवालयका एक सदस्य भन्छन्, ‘सरकार र पार्टीको नेतृत्व गर्दा न सरकारको परिणाम देखिएको छ, पार्टीमा त यहाँभन्दा भद्रगोल के हुन्छ र रु

नेकपा प्रदेश नम्बर तीनको कमिटीका प्रदेश सदस्यहरूलाई सपथ खुवाउँदै अध्यक्ष ओलीले समयमै एकता टुंगो लाग्नुपर्ने अभिव्यक्ति दिएका थिए । तर सांगठनिक एकता प्रक्रिया लम्बिनुको कारणबारे केही जानकारी गराएनन् ।

अध्यक्षद्वयले पार्टी एकताको बाँकी काम छ एक महिनाभित्र सकिन्छ, एक साताभित्र सकिन्छ भन्ने आश्वासन बाँड्दै आएका छन् । तर घोषणा अनुसारको काम भने हुन सकेको छैन । एकताको बाँकी टुंगो लगाउने जिम्मेवारी कार्यदल भंग भएपछि अध्यक्षद्वय ओली र प्रचण्डकै हातमा पुगेको छ ।आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

पछिल्लो समयमा ओली र प्रचण्डको भेट समेत पातलो हुँदै गएको छ । प्रचण्डले एकता प्रक्रिया टुंगो लगाउन नसक्दा कार्यकर्तामा ठूलो निराशा बढेकाले छलफल गरेर टुंगोमा पुग्न आग्रह गर्दै आएपछि ओलीको कार्यव्यस्तताको कारण समय नमिलेको बताइएको छ । उक्त पार्टी एक नेता भन्छन्, ‘अध्यक्ष ओली गम्भीर बन्ने होे भने एक सातामै एकीकरण हुन्छ । तर उहाँ आफूनिकट बाहेक अरुलाई जिम्मेवारी दिन चाहनुहुन्न, समस्या यहीँ छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here