भोलि नेपाल बन्द ! विप्लव नेकपाद्धारा जनताका नाममा अपिल जारी (पूर्णपाठ)

310

काठमाडौं  /  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वैशाख ५ गते नेपाल बन्द आह्वान गरेको छ ।

विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टीमाथि राज्यले लगायएको गैरन्यायीक प्रतिबन्धको विरोध तथा गिरफ्तार नेता, कार्यकर्ताको रिहाई र भ्रष्ट, दलाल, माफियाहरुमाथि कारबाहीको माग अघि सार्दै बिहीबार नेपाल बन्द आह्वान गरेको हो ।

विप्लव नेतृत्वको नेकपा केन्द्रीय समितिले नेपाल जनताका नाममा एक अपिल जारी गरेर बन्द गर्नुको कारणबारे खुलाउँदै सबैलाई आ आफ्नो ठाउँबाट सहयोग गर्नका लागि त्यस्तो आह्वान गरेको हो ।

बन्दमा सफल पार्नका लागि नेकपाले देशभक्त, गणतन्त्रवादी र सच्चा लोकतन्त्रवादीहरूलाई समेत अपिल गरेको छ । उक्त अपिल पत्रमा देशमा भ्रष्टचार, दलाली, चाप्लुसी, राष्ट्रघाती, जनघाती कामहरु बढिरहेको र त्यसैको विरोधमा सबै नागरिकहरुले नेपाल बन्दलाई सघाउँनुपर्ने जनाइएको छ ।

उक्त पार्टीको अपिलको पूर्ण पाठ हेर्नुहोस्

अदरणीय जनसमुदाय !

हाम्रो पार्टीमाथि दलाल वर्गको केपी ओली सरकारले सारा राजनीतिक मान्यताहरुलाई कुल्चर्दै प्रतिबन्ध लगाएको छ । हामीलाई जनताको बीचमा कुनै पनि राजनीतिक कार्यक्रम गर्न, नदिे, आफ्ना धारणा राख्न नदिने, पार्टी संगठन सञ्चालन गर्न नपाउँने भनेर राणा शासनको भन्दा पनि अराजनीतिक हुकुमी, निरङ्कुश फासिवादी व्यवहार गरेको छ । सुन्दा पनि अनौठो लाग्नेगरी नागरिकको राजनीतिक विचार अँगाल्न पाउँने र विचार राख्न पाउाने अधिकार पनि खोसेको छ । विरोध गर्ने नागरिकलाई गोली हानिएको छ । स्थायी समिति सदस्य कमरेड सुदर्शन, पीविएम कमरेड जीवन्त, सीसीएम कमरेड प्रज्वलन र बन्धुसहित सयौं कमरेडहरुलाई बन्दी बनाएको छ । हरेक दिन सङ्कटकालमा जसरी जनताको घर फोर्ने र लुट्ने कार्य गरिएको छ । यस्तो अत्याचार र दमन त अँध्यारो मध्ययुगमा पनि सैह्य भएन भने आजको २१ औं शताब्दीमा, त्यसमा पनि क्रान्ति गर्दै सचेत भएका जनताले कसरी सहने रु अहँ यो सर्वधा अस्विकार्य र असैह्य छ ।

हामीले देश डुबाउँने एनसेललाई हान्यौं, हाम्रो गल्ती के भयो रु आखिर सर्वोच्च अदालतले समेत एनसेलले देशलाई लुटेको निष्कर्ष दिएन त १ भ्रष्टाचारीहरुलाई कारबाही गर्यौ, के खराबी भयो ?आमा, दिदीबहिनीलाई बोक्सी भनेर चरम यातना दिने अपराधीलाई कारबाही गर्यौ, के खराबी भयो रु बिनाकसुर मजदूरहरुलाई निष्कासन गर्ने मालिकलाई कारबाही गर्यौ, के अपराध भयो रु यो जनताको सरकार भएको भए खुशी पो हुनुपर्ने त , किन हामीलाई प्रतिबन्ध रु के यो न्याय र सत्यलाई शुली चढाउने कार्य भएन त ! भयो ।

आदरणीय जनताहरु  !

हेर्नुहोस, त केपी ओली सरकार आएपछि कति जनघाती र राष्ट्राती अपराध र काण्डहरु भए । खै सुन तस्करहरुको हिसाब, खै ठूलो जहाजकाण्डको ६ अर्ब रुपैँया रु दै चीनी काण्डका अपराधीहरु रु खै एनसेलकाण्ड रच्ने कमिसनखोरहरु, खै बूढीगण्डकीका कमिसनखोरहरु, खै निर्मलाका बलात्कारी र हत्याराहरु, दै अरुण तीन र माथिल्लो कर्णाली बेचेर खानेहरु रु खै प्रहरी प्रशासनलाई घुसखोरी, चाकरी, चाप्लुसीमा फसाएर इमान्दारलाई कारबाही र ठगलाई पुुरस्कृत गर्ने mटाहाहरु रु भाषणमा त ओलीले भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भनेको होइन रु आज के हुदैँछ जनसमुदाय रु केपी ओली बस्ने बालुवाटार समेत बेचेर खाने, आफ्नो नाममा बनाउने विष्णु पौडेललाई के भयो रु तारागाउँको सयौं रोपनी जमिन लिलाम गरेर खानेहरुलाई के भयो रु भ्रष्टाचार छानबिन गर्ने भन्ने अख्तियारका भ्रष्टाचारीहरुलाई के भयो रु के यो ओलीको पाखण्डी, निकृष्ट र अधमपन होइन रु यो त मुखमा रामराम बगलीमा छुरा भनेको जस्तै भएन रु म भ्रष्टाचारमा डुब्छु र अरुलाई पनि भ्रष्टाचारमै बगाउाछु भनेको भएन ? यी अपराधी त उल्टो हामीलाई गोली हान्ने आदेश दिँदै पो डिँडेका छन त । अनि यस्ता अपराधीहरुलाई कारबाही हुनुपर्छ र यो सत्ताँको ठाउँमा वैज्ञानीक समाजवाद स्थापना गर्नुपर्छ भन्दा हामीमाथि प्रतिबन्ध लगाउानु पर्छ ? जनताले नै भन्नुहोस्, प्रतिबन्ध हामीलाई कि देश डुबाउने जनता कङ्गाल बनाउने, जनतामाथि दमन गर्ने र राजनीतिक अधिकार नै खोस्ने भ्रष्ट, तस्कर, कमिसनखोर, दलाल केपी सरकारमाथि लगाउने ?

प्रवद्ध जनसमुदायहरु !

‘हाम्रो पार्टी श्रमिक जनता मजदुर किसानको अधिकारका लागि लड्ने पार्टी हो । सारा देशलाई माया गर्ने देशभक्त, लोकतन्त्रवादी, वामपन्थी शक्तिहरूको नेतृत्व गर्न तयार पार्टी हो । हामीलाई वास्तवमै देशको स्वाधीनता, जनताको पूर्ण मुक्ति र अधिकारबाहेक केही चाहिएको छैन । हामीले नेपाली क्रान्तिका अनेकौँ तीतामीठा, सफल—असफल शिक्षाहरूसहित एकीकृत जनक्रान्तिलाई अगाडि बढाएका छौँ । हामीले २००७ साल, २०२८ साल र २०५२ सालका विद्रोह र जनयुद्धमा साथ दिने, भाग लिने जनताका बलिदान, आशा अपेक्षालाई बुझेर, काङ्ग्रेस, केपी वली, प्रचण्डहरूसम्मका धोका, बेइमानीलाई पचाएर देशको शासन सत्ता परिवर्तन गर्ने अठोटका साथ यो कदम उठाएका छौँ ।

हेर्नुहोस्, हरेक क्रान्तिले राज्यमा नयाँ वर्गलाई ढोका खोलि दिन्छ । अधकचल्टो क्रान्तिले केही व्यक्त र नेताहरुलाई सत्ताभोगी, लुटेरा वर्गमा पतन गरिदिन्त । जनयुद्धलाई हामी यसबाट बचाउन चाहन्थ्यौँ । अपसोच प्रचण्डहरुको गद्दारीले गर्दा मुठीभर माओवादीहरु ९धेरै त त्यहाँ पनि उत्पीडित नै छन ।० लाई दलाल पूजिँपति, अर्बपति, करोडपति वर्गमा पतन गरायो । उनीहरुलाई उदाहरण बनाएर सारा क्रान्ति नै असम्भव भन्दै जनताको मुक्तिमार्गलाई बन्द गरिदिने षड्यन्त्र चलिरहेको छ । यसबाट सबै सचेत बनौं । पूजिँवाद रहेसम्म न जनता मुक्त हुनेछन, न त सुसी र समृद्ध नै हुनेछन । यी सब कुरा दलाल वर्गका थैली भर्ने फट्याई मात्र हुन । यस्ता नयाँ जोगीहरुको उचालाईमा लागेर सेना, प्रहरीहरुका जवान र अफिसरहरु पनि धेरै चकचक नगरौं १ तसर्थ आउनुहोस्, जनसमुदाय, मुक्ति, अधिकार र स्वाधिनताका लागि सारा एक हौं र ओली सरकारको फासिवादी दमनको प्रतिरोध गरौं १ केपी सरकारको अति भ्रष्टाचार सहन नसकेर उसको प्रतिबन्ध, सुदर्शन कमरेडलगायतको रिहाई, झुट्टा मुद्दा खारेजी, सारा भ्रष्टाचार, तस्करी, राष्ट्रघात विरुद्ध बाध्य भई यही वैशाख ५ गते नेपाल बन्द गरेका छौं । उकत दिन सबै कलकारखाना, शैक्षिक संस्था, यातायात, व्यापार, व्यवसाय बन्द गरौं, अनैतिक फासिवादी सरकारलाई राजनीतिक मार्गमा तान्न प्रयत्न गरौं  !

केन्द्रीय समिति
नेपाल कम्युनिस्ट पार्टी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here