५० किलो गाँजा सहित २ जना पक्राउ

416

काठमाडौं /  महानगरीय प्रहरी वृत्त दरवारमार्गले ५० किलोग्राम गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मंगलबार लाजिम्पाटबाट कोटेश्वर वस्ने सिन्धुलीका देव कुमार घिसिङ र सिन्धुलीकै पदम बहादुर श्रेष्ठको साथबाट ५० किलोग्राम गाँजा बरामद गरेको छ ।

लाजिम्पाट स्थित सुवर्ण शम्शेर मार्गमा हिडिरहेको अबस्थामा प्रहरीलाई शंका लागि चेकजाँच गर्दा निजहरूले बोकेको झोलाबाट २५/ २५ किलो गाँजा फेला पारेको हो । निजहरुलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here