राष्ट्रपति भण्डारीको पहिलो चीन भ्रमणको तालिका :

52

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बैशाख ११ देखि बैशाख १९ सम्म चीन भ्रमण राजकीय गर्ने भएकी छन् ।

परराष्ट्र मन्त्रालयले जारी गरेको भ्रमण तालिका अनुसार ११ बैशाखमा चीन भ्रमणका लागि प्रस्थान गर्ने राष्ट्रपति भण्डारी बेइजिङ पुग्नु अघि चीनको सान्सी प्रान्तको पनि भ्रमण गर्ने भएकी छन् ।

त्यसक्रममा सान्सीको राजधानी सियान र तिब्बतको राजधानी ल्हासामा त्यहाँका प्रादेशिक नेताहरुसँग राष्ट्रपतिको भेटवार्ता हुने भएको छ ।

चीनले आयोजना गर्न लागेको दोस्रो बीआरआई सम्मेलनमा सहभागी हुन जान लागेकी राष्ट्रपतिको सम्मानमा चिनियाँ समकक्षी सी जिनपिङले रात्रिभोज पनि आयोजना गर्ने भएका छन् ।

त्यसअघि राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिसहितको टोलीसँग द्विपक्षीय वार्ता गर्ने कार्यसूची रहेको पनि परराष्ट्र मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार, राष्ट्रपति भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल लगायत अन्य उच्च सरकारी अधिकारी हुने उल्लेख गरेको छ ।

चीन भ्रमणमै रहेका बेला राष्ट्रपतिले चिनियाँ र नेपाली व्यापारीको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here