क्रिश्चियन धर्म परिवर्तनको लागि खाममा दाम बाँड्दै

351

दाङ / विभिन्न प्रलोभन देखाउँदै क्रिश्चियन धर्म प्रचार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय दाङले मंगलबार दुई विदेशीसहित पाँच जनालाई पक्राउ गरेको छ । घोराहीको होटेल डोकोबाट अमेरिकी महिला सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तवका साथै क्रिश्चियन समाजका महासचिव पोखराका डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगञ्जका प्रमोद काफ्ले पक्राउ गरेको दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेले जानकारी दिनु भयो ।

अभियुक्तको साथबाट बा१३प ३१९६ स्कर्पियो गाडी, कार्टुनभरी बाइबल, नगद रकम राखिएका खाम, दमको उपचारका क्रममा वाफ दिने मेसिन, ल्यापटप, पेनड्राइभ लगायतका सामग्री जफत गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले भने ।

पक्राउ परेकामध्ये अमेरिकी महिलाबाहेक तीन नेपाली र एक भारतीयलाई मुलुकी अपराध संहिता ऐनको दफा १५८ विपरीत धर्म परिवर्तन गराएको अभियोगमा मुद्दा चलाएको छ । अमेरिकी महिलालाई भिसा रद्द गरी सम्बन्धित देशमा फिर्ता पठाउन अध्यागमन कार्यालय काठमाडौंलाई चिठी लेखेको उने भनेका छन् ।

एकपटक भिसा रद्द गरी पठाएमा उनी फेरि नेपाल आउन नपाउने पाण्डेको भनाइ छ । होटेलमा बस्ने, गाउँमा पुगेर धर्म प्रचार गर्ने र मानिसहरूलाई आर्थिक तथा उपचारको प्रलोभन देखाएर धर्म परिवर्तन गराउने गरेको पाइएपछि पक्राउ गरिएको पाण्डेले खुलासा गरेका छन् ।

केही दिनअघि दुई जापानी महिला पनि धर्म प्रचारमा हिँडेको भेटिएपछि केरकार गरिएको र प्रमाण नभेटिएपछि छोडिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार पछिल्लो समय विदेशीहरू अनलाइन स्टडी भनेर नेपाल आउने र धर्म प्रचारका काममा हिँड्ने गरेको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here