शिक्षक नियुक्ति नगरपालिकाद्वारा अस्वीकृत

130
?

खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले जिल्ला शिक्षा समन्वय इकाईको कार्यालयमार्फत नियुक्ति पाएका शिक्षकलाई अस्वीकार गर्ने निर्णय गरेको छ ।

शिक्षक सेवा आयोग उत्तीर्ण गरेपछि जिल्ला शिक्षा समन्वय इकाईको कार्यालयले नियुक्ति दिएर पठाइएका शिक्षकलाई नगरपालिकाले बदर गर्ने निर्णय गरेको हो । बिहीबार बसेको शिक्षा समितिको बैठकले त्यस्ता शिक्षकको नियुक्तिलाई अस्वीकार गर्ने निर्णय गरेको हलेसी तुवाचुङ नगरपालिका मेयर इवन राईले जानकारी दिए ।

शिक्षक सेवा आयोग उत्तीर्ण गरेका शिक्षकलाई शिक्षा समन्वय इकाईको कार्यालयले जानकारी नदिई र समन्वय नगरी नगरपालिकाका विभिन्न विद्यालयमा पठाएको नगरपालिकाले जनाएको छ । बैठकमा शिक्षा समन्वय इकाईको कार्यालयले पठाएका शिक्षकलाई हाजिर नगराउने तथा हाजिर भइसकेका शिक्षकलाई तलब नदिने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here