धनकुटा- जिल्लाको शहीदभूमि गाउँपालिका–४, पिप्लेमा छोराले बुवाको हत्या गरेका छन्। १४ वर्षीय विज्ञान राईले शनिबार राति आफ्नै बुवा ५५ वर्षीय इन्द्रबहादुर राईको हत्या गरेको प्रहरीले जनाएको छ।
शनिबार बेलुका साढे ७ बजे विवाद हुँदा विज्ञानले कोदालाको पासोले टाउकोमा प्रहार गर्दा राईको घटनास्थल मै मुत्यु भएको प्रहरी चौकी आँखीसल्लाका इन्चार्ज चुडामणि प्रधानले जानकारी दिए। घटनाबारे छिमेकीले प्रहरीलाई जानकारी गराएपछि प्रहरी चौकी आँखीसल्लाका प्रहरी टोलीले विज्ञानलाई घरैबाट पक्राउ गरेको हो।
उनलाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय धनकुटा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल धनकुटा ल्याउँदै गरेको प्रहरीले जनाएको छ।


















