तौलिहवा- कपिलवस्तुको वाणगङ्गा नगरपालिका–८ बालापुरमा २१ वर्षीया सुनिता थारूको हत्या भएको छ। सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको वाणगङ्गा खोला किनारमा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ।
हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनिताका श्रीमान् २१ वर्षीय सुरेश थारूसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले जानकारी दिए।
पक्राउ परेका तीन जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















