लैनचौरको ‘ग्रीन हाउस’मा सरे उपराष्ट्रपति

320

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन नयाँ निवासमा सरेका छन्। उपराष्ट्रपति पुन हाल बस्दै आएको गैह्रीधारास्थित सरकारी निवासबाट लैनचौरस्थित उपराष्ट्रपति भवन ‘ग्रीन हाउस’मा सरेका हुन्।

अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसका अवसर पारेर उपराष्ट्रपति भवनमा सरेको उनको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को गत भदौ २१ को बैठकले समाज कल्याण परिषद्को कार्यालय रहेको भवनलाई उपराष्ट्रपतिको कार्यालय तथा निवासका लागि (उपराष्ट्रपति भवन) सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। वातावरणमैत्री हरियो रङले रङ्ग्याइएको उक्त भवनलाई ‘ग्रीन हाउस’ नामाकरण गरिएको छ।

उपराष्ट्रपति भवनको मर्मतको काम बाँकी रहेकाले कार्यालय भने केही दिनपछि मात्रै सर्ने उपराष्ट्रपति कार्यालयले जनाएको छ। उपराष्ट्रपतिको कार्यालय हाल निर्वाचन आयोगको भवनभित्रै रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here