धनुषा – धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिकामा तस्करहरुको समुहले प्रहरीको पेस्तोल र गोली लुटेर फरार भएका छन् ।
प्रहरी सहायक निरीक्षक प्रमोदकुमार साहको साथबाट पेस्तोल र गोली लुटेर तस्कर भागेका हुन् । तस्करले सहायक निरीक्षक साहको साथबाट १ थान पेस्तोल र त्यसको म्यागेजिन समेत लुटेर लगेका छन् ।
बुधबार राति २ बजे भारतमा अवैध रहेको रक्सी तस्करी गर्ने गरेका समूहले पेस्तोल लुटेको हो । प्रहरीले रोक्न खोज्दा उल्टै प्रहरीको हतियार लुटेर फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार अर्का डीएसपी ज्ञान कुमार महतोको नेतृत्वमा प्रहरीको टोली परिचालन भएको छ ।


















