काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा गौतम बुद्धको जन्मथलो नेपालमा बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको भियतनामसँग समकक्षी हवाई सम्झौता हुने भएको छ।
नेपाल र भियतनामबीच सीधा हवाई सेवा सुरु हुने भएको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद्को बैठकले भियतनामसँग सीधा हवाई सेवाका लागि समकक्षी हस्ताक्षर गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री ओली ४० सदस्यीय टोलीसहित बिहीबार त्यसतर्फ प्रस्थान गरिसकेका छन्। त्यसैगरी मन्त्रिपरिषद्ले विश्व बैंकबाट १ सय मिलियन स्वीकार्ने निर्णय गरेको छ।