काठमाडौ, प्रहरीले अवैध रुपमा बोकिराखेको एक लाख अमेरिकी डलरसहित एक जना भारतीय नागरिकलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । नेपाल एयरलाइन्सबाट भारतको मुम्बई उड्न लागेकी भारतीय नागरिक वंदना घनश्याम सोनीलाई अवैध डलरसहित पक्राउ गरिएको हो । उनको साथबाट अमेरिकी डलर एक सय दरको एक हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकी उनलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग ललितपुर बुझाइएको छ ।


















