कृषि क्षेत्रमा लगानी बढाउन चीनलाई मन्त्री खनालको आग्रह

191

काठमाडौं- कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले नेपालको कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगानी बढाउन चीन सरकारसँग आग्रह गरेका छन्। मन्त्री खनालले नेपालको कृषि, पर्यटन र उर्जा क्षेत्र लगानीका लागि योग्य क्षेत्र रहेको उल्लेख गर्दै त्यसमा लगानी बढाउन चीन सरकारसँग आग्रह गरेका हुन्।

चाईन गन्सु प्रान्तको नेपाल आर्थिक तथा व्यापार प्रवद्र्धन केन्द्रले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले चीन सरकारले यस अघि संचालनमा ल्याएको विभिन्न कारखाना पुनः संचालन गर्र्ने विषयमा पनि चीनसँग सहयोगको अपेक्षा गरिएको जनाए। मन्त्री खनालले चीनको आर्थिक सहायतामा नेपालको कृषि क्षेत्रले उल्लेख्य प्रगति गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा बोल्दै चीनको गन्सु प्रान्तका गभर्नर ताङ्ग रेन्जियानले नेपालमा स्रोतहरुको पहिचान गरी लगानी गर्न आफूहरुले चाहेको जनाएका थिए। उनले नेपालसँगको सम्बन्ध विकास गरेर यहाँको व्यवसायमा लगानी गर्न आफ्नो प्रान्त तयार रहेको उल्लेख गरे। गभर्नर रेन्जियानले नेपालमा व्यवसाय संचालनका लागि आवश्यक सहकार्यमा आफ्नो प्रान्तले जोड दिएको जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here