इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा सुनसरीको देवानगंजमा

214

काठमाडौं / नेपाल इन्भेष्टमेण्ट बैंकले ८०औं शाखा कार्यालय सुनसरीको देवानगंज गाँउपालिकामा शाखा विस्तार गरेको छ ।
देवानगंज गाँउपालिका वडा नं २ स्थित देवानगंजबजारमा शाखा खोलिएको हो । शाखाको उद्घाटन देवानगंजकी उपाध्यक्ष पुनितादेवी यादवले गर्नुभएको छ  ।  यो शाखाले स्थानीय ५० हजार जनतालाई वित्तिय सुविधा प्रदान गर्ने बैंकको विज्ञप्तिम उल्लेख छ। बैंक परिसरभित्रै केही समयमानै एटिएम सेवा पनि संचालनमा ल्याइने बैंकले जनाएको छ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे लगायत बैंकका कर्मचारी तथा स्थानीयहरु उपस्थित थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here