७ वर्षीया बालिका बलात्कार गरेर काठमाडौंबाट फरार अभियुक्त कञ्चनपुरबाट पक्राउ

162

काठमाडौं- एकजना ७ वर्षीया बालिकामाथि बलात्कार गरेर काठमाडौंबाट फरार रहेका अभियुक्त कञ्चनपुरबाट पक्राउ परेका छन् । केही दिनअघि राजधानीको तीनकुनेमा बालिकामाथि बलात्कारपछि फरार भुवन भन्‍ने राजु खरेललाई महानगरीय अपराध महाशाखाको समन्वयमा कञ्चनपुर प्रहरीले सोमबार पक्राउ गरेको हो।

उनलाई पक्राउ गरेपछि काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

बालिकामाथि बलात्कारपछि फरार रहेका उनीविरुद्ध प्रहरीले उजुरी दर्ता गरेर खोजी तीब्र बनाएको थियो । खरेल काठमाडौंकै शान्तिनगरमा बस्दै आएका थिए। घटनाको ५ दिनपछि प्रहरीमा जाहेरी परेपछि घटना बाहिर आएको थियो।

उनलाई कञ्चनपुर प्रहरीले भागेर भारततर्फ छिर्न लागेको अवस्थामा बेलौरीबाट पक्राउ गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here