चीनको आयोजित विशेष सम्मेलनमा ग्रेटर नेपालका अध्यक्षबाट भोलि सम्बोधन हुने

310

काठमाडौं /  ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाल चीनको राजधानी बेजिङ जानुभएको छ । चीन सरकारको मातहतमा रहेको चाइना इन्टरनेसनल पब्लिसिङ ग्रुपको औपचारिक निम्तोमा अध्यक्ष नेपाल त्यसतर्फ जानुभएको हो । नेपालले त्यहाँ सम्मेलनलाई औपचारिक सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

‘कन्फरेन्स अन डायलग अफ एसियन सिभिलाइजेसन’ नामक एसियाली कार्यक्रमको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङ बाट हिजो भएको छ ।

मोर्चाका अध्यक्ष नेपालले भोलि ‘Asian wisdom to Promote Political Advancement’ शीर्षकमा आधारित रहेर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here