काठमाडौ, मौसम पूर्वानुमान शाखाका अनुसार आज देशको पूर्वी तथा मध्य र पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा अपरान्ह मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ। पूर्वी तथा मध्य र पश्चिमि पहाडी भुभागमा भने आंशिक देखि सामान्य बदलि रहि बाँकी भुभागमा मौसम सामान्यतया सफा हुने देखिने महाशाखाले जनाएको छ ।
बिहीबार राती पूर्वी तथा मध्य र पश्चिमी पहाडी भुभागमा आंशिक बदलि रहि बांकी भुभागमा मौसम सामान्यतया सफा हुने देखिने पूर्वानुमान शाखाले जनाएको छ । राती पहाडी भुभागका थोरै स्थानहरुमा मेघ गर्जन सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।


















