मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट १० जना नर्स पक्राउ

207

काठमाडौं- भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अङ्ग प्रत्यारोपण केन्द्र)बाट आज १० जना नर्स पक्राउ परेका छन् ।

विभिन्न माग राख्दै वैशाख ११ गतेदेखि आन्दोलनरत नर्सहरुले आज उपचारकेन्द्रमा शान्तिपुर्ण धर्नाबारे छलफलमा जुटिरहँदा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये ४ जनालाई जगाती प्रहरी वृतमा र अन्यलाई भक्तपुर प्रहरी प्रभागमा राखिएको छ ।

प्रत्यारोपण केन्द्रका नर्सहरुले समयमै तलब दिनुपर्ने ,ठेकदार प्रक्रिया हटाई कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई अस्पतालले नै तलबको व्यवस्था गर्नुपर्ने ,सरकारी अस्पतालमा पाइने सेवा सुविधा उपलब्ध गराउनु पर्ने ,पुरानो कर्मचारीको कार्यसम्पादन मुल्यांकनका आधारमा ग्रेडिङ गरिनु पर्ने र पुराना कर्मचारीलाई स्थायी गरिनुपर्ने माग राखि लामो समयदेखि आन्दोलन गर्दै आईरहेका थिए ।

यस्तै नर्सहरुको माग सम्बोधन गर्नुपर्ने भन्दै गएको शुक्रबार देखि सिनियर नर्स जीता बराल र अस्पतालमा कार्यरत नर्स डिकी शेर्पाले आमरण अनसन सुरु गरेका थिए ।

अनसन सुरु गरेको आज एक साता बितिसक्दा पनि माग सम्बोधनको लागि सम्बन्धित निकायले चासो दिएको छैन । हाल दुबै अनसनरत नर्सहरुको मुटुको चाल गढबडी, रक्तचाप कमी, श्वासप्रश्वासमा समस्या र संक्रमणको जोखिम उच्च रहेको चिकित्सकहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here