पब्जी, फ्री फायरमाथि प्रतिबन्ध लगाइनुपर्ने माग

225

काठमाडौं  । पब्जी, फ्री फायर लगायतका गेमिङ एप्लिकेशनमाथि प्रतिबन्ध लगाइनुपर्ने माग राष्ट्रिय सभामा पनि उठेको छ।

राष्ट्रिय सभा सदस्य ९सांसद० तारादेवी भट्टले बालबालिकालाई कुलतमा फसाएकाले पब्जी, फ्री फायरजस्ता एप्लिकेसनमाथि प्रतिबन्ध लगाउन् माग गरिन्।

शुक्रबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टले कोरोना भाइरसको महामारीका कारण विद्यालय बन्द रहेको बेला बालबालिकाहरु इन्टेरनेटको कुलतमा फस्न थालेको भन्दै चिन्ता समेत व्यक्त गरिन्।

सांसद भट्टले बालबालिकाको लागि पनि खोपको व्यवस्था गरेर छिट्टै भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न पनि सरकारसँग माग गरिन्।

विद्यालय उमेरका बालबालिका तथा किशोरहरु इन्टरनेट तथा गेमिङ एप्लिकेशनको लतमा फसेको र त्यसले उनीहरुको मानसिकतामा नै असर पार्ने भएकाले त्यस्ता एप्लिकेशनहरुमाथि तत्काल प्रतिबन्ध लगाइनुपर्ने उनको भनाइ छ।

यसअघि संघीय संसद्को प्रतिनिधि सभामा पनि पब्जी र फ्री फायरजस्ता गेमिङ एपमाथि प्रतिबन्ध लगाइनुपर्ने माग उठेको थियो। प्रतिनिधि सभा सदस्य आशाकुमारी विश्वकर्माले पब्जी र फ्री फायरजस्ता गेमिङ एपमाथि प्रतिबन्ध लगाइनुपर्ने प्रस्ताव गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here