यमनमा दुई दिनमा ८३ जनाको मृत्यु

115

डेन / यमनमा पछिल्लो दुई दिनमा भएका विभिन्न घटनामा परी कम्तीमा ८३ जना ज्यान गएको छ । द्वन्द्वग्रस्त यस अरबी मुलुकमा यमनी र विषेश गरेर हुथी विद्रोही लडाकूहरुको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् । हुथीहरुले विषेश गरेर तीन बन्दरगाहलाई प्रयोग गर्ने गरेको जनाइएको छ । संयुक्त राष्ट्रसंघीय अधिकारीहरुको पहलमा शान्ति सम्झौताको पहल भइरहेका बेला हिंसात्मक घटना भने जारी रहेका छन् ।

हुथी विद्रोहीहरुले आफ्ना दुई ओटा ‘अराम्को पम्पीङ स्टेशन’ मा पनि आक्रमण गरेको साउदी अरबले जनाइएको छ । साउदी अरब नेतृत्वको गठबन्धनको सहयोग र समर्थन पाएको यमनी सरकारले हुथी विद्रोही विरुद्ध कारबाही चलाइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here