लुम्बिनी- जापानी नागरिक प्रा। केन्जो टांगेले ४१ वर्षअघि गुरुयोजना बनाई व्यवस्थित विकास थाल्दा लुम्बिनीका सात गाउँ विस्थापित भएका थिए। मुस्लिम समुदायको बाहुल्य रहेका ती गाउँका बासिन्दाले लुम्बिनीको विकासलाई त्यति बेलै आत्मसात् गर्दै आफ्नो घरबास दिएका हुन्।
स्थानीय र लुम्बिनीबीचको त्यही सद्भाव र सम्बन्धलाइ प्रगाढ बनाउन लुम्बिनी परिसरमा सुविधासम्पन्न हाइस्कुल र क्लिनिक (अस्पताल) निर्माण गर्ने योजना गुरुयोजनामा समावेश गरियो। तर चार दशक बित्दा पनि ती संरचना बनेका छैनन्। लुम्बिनी गुरुयोजनामा समावेश यस्ता थुप्रै आयोजना बन्न बाँकी छन्। योजना पूरा नहुँदा लुम्बिनी क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनमा असर परेको सरोकारवाला बताउँछन्। नागरिक दैनिक

















