करिब ५ घण्टाको अवधिमा ३ सवारी दुर्घटना, ३ जनाको मृत्यु

255

काठमाडौं- करिब ५ घण्टाको अवधिमा भएका ३ वटा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । आइतबार १४:४५ बजेदेखि २१:०० बजेसम्मको सो अवधिमा ललितपुर, धादिङ र रौतहटमा भएका छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको ज्यान गएको हो ।

दुर्घटनामध्ये ललितपुर ललितपुर महानगरपालिका-१८ भैंसीपाटी चारघरेस्थित सडकमा बा.९३ प ७६५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार कोन्जोसोम गाउँपालिका घर भई हाल भैसीपाटी बस्ने ३० वर्षीया ईशा लामाको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक स्याङ्जा घर भई हाल ललितपुर महानगरपालिका आवास क्षेत्र बस्ने ३४ वर्षीया कल्पना गुरुङको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी धादिङ धुनिबेशी नगरपालिका-६ नौबिसेस्थित सडकमा बा.३५ प ९३९१ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिंदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २८ वर्षीय दिपेस घलानको घट्नास्थलमै मृत्यु भएको छ । अनुसन्धानको क्रममा ना.३ ख ५०४४ नम्बरको ट्रकलाई ढालामा कपाल र रगत लागेको अवस्थामा प्रहरीले फेला पारी अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

यसैगरी रौतहट देबाहीगोनाही नगरपालिका-५ स्थित सडकमा ना.६ त ५८२५ नम्बरको टयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका ट्याक्टरमा सवार बौधीमाई नगरपालिका-२ ईनर्वाटोल बस्ने शिव पुजन साहको चपुर प्रालि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै आवश्यक अनुसन्धान समेत गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here