स्थानीय पाठ्यपुस्तक लागू गर्दा संघीयता बलियो हुन्छ : शिक्षा मन्त्री पोख्रेल

212

काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले स्थानीय तहले स्थानीय पाठ्यपुस्तक लागू गर्दा संघीयता बलियो हुने धारणा राख्नु भएको छ ।

राजधानीको गोकर्णेश्वर नगरपालिकामा आज आधारभूत तह  १ देखि ८ कक्षाको स्थानीय पाठ्यपुस्तक विमोचन गर्दै मन्त्री पोखरेलले स्थानीय पहिचानसँग राष्ट्रिय पहिचानलाई जोड्ने काम स्थानीय पाठ्क्रमले नै गर्ने धारणा राखेका थिए ।  “यसअर्थमा पनि गोकर्णेश्वर नगरपालिकाले अनुकरणीय काम गरेको छ, यस्तो कार्य अब अन्य स्थानीय निकायले पनि गर्नुपर्छ” मन्त्री पोख्रेलले भन्नुभयो ।

बेग्लै प्रसंगमा मन्त्री पोख्रेल शिक्षा क्षेत्रलाई राजनीतिबाट मुक्त राख्न सकेमा शैक्षिक स्तरमा सुधार आउने विचार राख्नु भयो । सामुदाीयक विद्यालयको स्तर उकास्न आफू प्रतिबद्ध रहेको भन्दै उहाँले शैक्षिक क्षेत्रमा निजी क्षेत्रको योगदान पनि महत्वपूर्ण रहने जानकारी दिए । राष्ट्रिय शिक्षा नीति तर्जुमा गर्न धेरै मेहनत गरेको भन्दै उहाँले शिक्षा नीति पास हुने विश्वास व्यक्त गर्नुभयो । सांसद कृष्ण राईले शैक्षिक क्षेत्रको विकासपछि मात्र समृद्ध मुलुकको परिकल्पना गर्न सकिने र त्यसको थालनी स्थानीय स्तरबाटै हुनुपर्ने कुरामा जोड दिएका छन् ।

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले मुलुककै पहिलो पटक आफ्नो नेतृत्वको नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गरी उदाहरणीय काम गरेका छौं । स्थानीय धर्म, संस्कृति तथा परम्परालाई जीवन्त राख्न स्थानीय पाठ्क्रम लागू गर्नुको विकल्प नरहेको चालिसले धारणा राख्नु भयो । पाठ्यक्रम निर्माणमा संयोजकको भूमिका निर्वाह गर्नु भएका शिक्षाविद् कृष्णप्रसाद नेपालले केन्द्रले स्थानीय पाठ्क्रमको माग सम्बोधन गर्न नसक्ने भएकाले स्थानीय पाठ्यक्रम लागू गर्नु परेको धारणा राख्नुभयो ।

शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक बाबुराम पौडेल, गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख शान्ति नेपाल, शिक्षा शाखा प्रमुख विजयप्रसाद आचार्य, नेपाली कांग्रेस काठमाडौंका सभापति सबुजकृष्ण बाँनिया, प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, समाजसेवी दीपक सिंह भण्डारी लगायतले गोकर्णेश्वर नगरपालिकाले झै अन्य स्थानीय निकायले पनि आ–आफ्नो पाठ्यक्रम लागू गरेमा स्थानीय कला, साहित्य तथा संस्कृतिको संरक्षणमा ठूलो टेवा पुग्ने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here