राष्ट्रिय वाणिज्य बैंकको शाखा सुनसरीको पानवारीमा

202

काठमाडौं  / राष्ट्रिय वाणिज्य बैक लिमिटेडले सुनसरीको पानवारीमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

धरान उपमहानगरपालिका वडा न. ६ मा रहेको शाखाको प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले उद्घाटन गरे । यो समेत गरी बैंकको शाखा संख्या २१९ पुगेको छ । उक्त शाखाको कारोबार भने गत बैशाख ३० गतेबाट संचालन भएको थियो ।
कार्यक्रममा बोल्दै मुख्य मन्त्री राईले प्रदेश नम्बर १ का दूरदराजमा राष्ट्रिय वाणिज्य बैंकले शाखा खोलेर जनतालाई बैंकिङ्ग सेवा दिन सबैभन्दा अगाडि हुनुपर्ने औल्याए ।

त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा बैंकले संघीय एवं प्रदेश सरकारसँग समन्वयन गरी दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुँच विस्तार गरिने खुलासा गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here