काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोश्रो कार्यकालको सपथग्रहण समारोहमा सहभागी हुने भएका छन् । सोमवार भारतबाट मोदीको सपथको औपचारिक निम्ता आएपछि प्रधानमन्त्री ओली मोदीको सपथको समारोहमा सहभागी हुन दिल्ली जाने तय भएको हो ।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार ओली जेठ १६ गते दिल्ली जानेछन् । मोदीको सपथग्रहण समारोहमा विमस्टेक राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखलाई बोलाइएको छ ।
यसअघि मोदीको पहिलो कार्यकालको सपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी थिए ।


















