युरोपा लिगको उपाधि इंग्लिस क्लब चेल्सीलाई

86

एजेन्सी / इंग्लिस क्लब चेल्सीले युरोपा लिग फुटबलको उपाधि जित्न सफल भएको छ ।
बुधबार राति भएको फाइनलमा आर्सनललाई ४–१ गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि कब्जा गरेको हो । चेल्सीलाई उपाधि दिलाउन इडेन हजार्डले दुई गोल गरेका थिए । त्यस्तै, ओलिभर जेरुड र पेड्रो रोड्रिगेजले समान १–१ गोल गरे । यता, आर्सनलका लागि एलेक्स इओबीले एक गोल गर्न सफल भयो ।

फाइनल खेलको पहिलो हाफसम्ममा दुबै टिमले गोलरहित बराबरी भएको थियो । तर दोस्रो हाफमा चेल्सीले चार गोल ठोक्दा आर्सनलले एक गोल मात्रै गर्न सफल भयो । ४९ औं मिनेटमा चेल्सीका जेरुडले पहिलो गोल गरेका थिए ।
पेड्रोले ६० औं मिनेटमा गोल गर्दै चेल्सीलाई दुई गोलको अग्रता दिलाएका थिए । एकपछि अर्को गोल गर्ने क्रममा चेल्सीले खेलको ६५ औं मिनेटमा तेस्रो गोल गर्न सफल भयो यो पटक भने हजार्डले गोल गरेका थिए । तर खेलको ६९ औं मिनेटमा इओबीले गोल गरेपछि आर्सनल ३–१ गोलको स्थितिमा आयो । खेलको ७२औं मिनेटमा चेल्सीले फेरी अर्को गोल थप्यो । यो पटक पनि हजार्डले गोल गर्दै चेल्सीलाई ४–१ गोलको फराकिलो जित दिलायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here