काठमाडौं / आइएमएस ग्रूपले आफ्नो १८ औं सेवा केन्द्र जनकपुरमा विस्तार गरेको छ । गत मंगलबार नेपाल अधिराज्य भरी १७ वटा Samsung का सेवा केन्द्रहरु भएको, आइएमएस केयरले आफ्नो १८ औं सेवा केन्द्र जनकपुरको भानुचोकमा सुरु गरेको हो ।
आइएमएस ग्रूपका अध्यक्ष दिपक मल्होत्राले विभिन्न स्थानमा रहेका ग्राहकहरुलाई सुविधा गर्ने उद्वेश्यले सेवा विस्तार गरेको जनाए । “हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्य हो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरै भन्दा धेरै Samsung स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गर्नु हो” उहाँले भन्नुभयो ।



















