नेपाली राष्ट्रिय फुटबल टिमले आज मलेसियासँग खेल्दै

253

काठमाडौं / नेपाली राष्ट्रिय फुटबल टिमले आज मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल  खेल्ने भएको छ ।
नेपाली समय अनुसार सात बजेर ४५ मिनेटमा मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टोली मलेसिया नेपालभन्दा निकै बलियो टिम हो । तर मलेसियालाई उसैको घरेलु मैदानमा पराजित गर्ने नेपालको लक्ष्य राखेको छ । यसअघि नै प्रशिक्षक योहान कालिनले नेपाल मलेसियाविरुद्ध खेल्न तयार रहेको भन्दै स्पष्ट जितको खोजिमा रहेको जनाएका छन् । मलेसियासँग खेलेपछि नेपालले यही जुन ६ तारिखमा चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाली फुटबल टिम
गोलकिपरः किरण चेम्जोङ, एलन न्यौपाने, विकेश कुथु
डिफेन्सः विराज महर्जन (कप्तान), सरोज दाहाल, रन्जित धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवि सिलवाल
मिडफिल्डरफरवार्डः सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल र अञ्जन विष्ट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here