सुनको मूल्य बढ्यो, यति पुग्यो आज

145

काठमाडौं- सुनको मूल्य २ हजार रुपैयाँ बढेर ६१ हजार रुपैयाँमा कारोबार भएको छ ।

बिहीबार प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १५ सय रुपैयाँ बढेर ६१ हजार रुपैयाँमा कारोबार भएको छ ।

शुक्रबार प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भएको सुन आज ५ सय रुपैयाँ बढेर ६१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने २ दिनमा १० रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ७ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here