गिरफ्तार परेकी त्रिचन्द्र क्याम्पसकी बिद्यार्थी सपना मगरको रिहाको माग गर्दै क्रान्तिकारीद्वारा अल्टिमेटम

173

← Back

Thank you for your response. ✨

त्रिचन्द्र क्याम्पसका छात्रा सपना मगरलाइ बिद्यार्थी संगठनलाइ समर्थन गरेकै आधारमा गिरफ्तार गरेको भन्दै विप्लव निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले आक्रोश व्यक्त गरेको छ ।

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बिद्यार्थी संगठन अखिल क्रान्तिकारी काठमाडौ क्याम्पस जिल्ला समितिले आज एक बिज्ञप्ती जारी गरेको छ। बिज्ञप्तीमा स्कुल कलेज पढ्ने बिद्यार्थीलाइ सामन्य आस्था राखेकै भरमा गिरफ्तार गरि यातना दिइएको भन्दै बिरोध जनाएको छ ।

क्रान्तिकारीका काठमाडौ क्याम्पस जिल्ला समिती अध्यक्ष उषाकिरण आजादको हस्ताक्षरीत बिज्ञप्तीमा छात्रा सपना मगरको बिनासर्त रिहाइको माग गर्दै २४ घन्टै अल्टिमेटम दिएको छ । साथै रिहा नगरे प्रतिरोधमा उत्रने चेतावनी समेत दिएकाछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here