मेयर चौधरीलाई आफ्नो व्यवहार सच्याउन इटहरी कांग्रेसको चेतावनी

264

मोरङ /  नेपाली काँग्रेसले इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकानाथ चौधरीलाई आफ्नो व्यवहार सच्याउन चेतावनी दिएको छ ।

बिहीबार इटहरीमा पत्रकार सम्मेलनका क्रममा उपमहानगर समितिका सभापति हेमकर्ण पौडेलेले पछिल्लो समय पत्रकार र उपमहानगर प्रमुख द्वारिकालाल चौधरीबीचको घटनामा ध्यानाकर्षण भएको जनाएका छन्।

‘सार्वजनिक पद धारण गरेको व्यक्तिले कसैलाई अंगभंग गराउन एक करोड छुट्याएको छु, सुपारी नै दिएको छु, अदालत र प्रहरी केही होइन, म नै शासक हुँ भन्नु जस्तो गैह्रजिम्मेवार र अलोकतान्त्रिक र संविधानविरोधी गतिविधि अरु के होला ? ’, कांग्रेस इटहरी सभापति हेमकर्ण पौडेलले विज्ञप्ति निकालेर भनेका छन्, ‘कार्यालयमै सञ्चारकर्मीलाई लोपार्ने, सीसीटीभी क्यामेरा बन्द गरेर कर्मचारीलाई कुट्ने जस्ता अराजक गतिविधि अरु हुनै सक्दैनन्। यदि मेयर चौधरीले आफ्नो बोली र व्यवहार नसच्याए नेपाली कांग्रेस इटहरी कडा कदम चाल्न बाध्य हुनेछ।’

सरकारका तीन तहबाट मानवधिकार, विधिको शासन र प्रेस स्वतन्त्रता विरोधि काम भइरहेकोमा सभापति पौडेलले आपत्ति जनाए। पत्रकार सम्मेलनका क्रममा सार्वजनिक पदमा रहेका मेयर द्वारिका चौधरीलाई बोली व्‍यवहार सच्याउन सभापति पौडेलले  सुझाव दिएका छन्।

कर्मचारी कुटपिट, पत्रकारमाथिको दुर्व्‍यवहार, भौतिक कार्वाही, सुपारी दिएको जस्ता गैह्रजिम्मेवारी भनाइ र ब्यवहार नसच्याए इटहरी कांग्रेस कडा कदम चाल्न बाध्य हुने चेतावनी सभापति पौडेलले दिए।

सभापति पौडेलले भने – ‘ विवादीत व्‍यक्ति र भ्रष्टाचारका विषयमा छानविन गरिनुपर्छ। उहाँ पनि सच्चिनुपर्छ।’  केही दिन यता मेयर चौधरीले पत्रकार विराट अनुपमलाई फोनबाट धम्की दिदैं नाकको डाडी भाँच्ने चेतावनी दिएका थिए। जसको चौतर्फी आलोचना हुँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here