प्रधानमन्त्री ओलीले गर्दा लम्बियो एकता प्रक्रिया

82

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले बिहिबार बसेको बैठक गृहकार्य नपुगेको भन्दै स्थगित गरेका थिए।

बैठक स्थगित गरिएपछि पार्टीको जिल्ला तहको एकता प्रक्रिया अझै दुई साताका लागि लम्बिएको छ। प्रधानमन्त्री ओली आइतबारबाट स्वीट्जरल्याण्ड र फ्रान्स भ्रमणको तयारीमा व्यस्त भएपछि दुई साताका लागि पार्टी एकता प्रक्रिया लम्बिने देखिएको हो।

प्रधानमन्त्री ओलीले विदेश भ्रमणको बहाना बनाउँदै आफ्नो दोहोरो जिम्मेवारीको पक्षमा रहिरहनका लागि एकता प्रक्रियाबाट पन्छिएको स्रोतले जनाएको छ ।

योग्यता, क्षमता र आवश्यकता अनुसार मन्त्री र सांसदलाई पनि जिल्लाको इन्चार्ज र सह-इन्चार्ज बनाउनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन् भने वरिष्ठ नेता नेपाल पार्टी एकताका बेला एक व्यक्ति र एक पदको मापदण्ड पालना गर्नु पर्ने जनाउँदै आएका छन्।

नेकपाको जिल्ला इन्चार्ज र सह-इन्चार्जको टुंगो लगाउने भन्दै बसेका पछिल्ला दुई सचिवालय बैठक कुनै निष्कर्षबिनै स्थगित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here