संविधान बनाउनेहरुले नै असंवैधानिक काम गरिरहेका छन्

52

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर घोषणा गरेको चुनाव अहिलेसम्म एक चरण सम्पन्न भइसकेको हुन्थ्यो । राजनीतिक स्थिरताको आशा पलाएको हुन्थ्यो । संविधानको रक्षाका नाममा प्रतिनिधिसभा विघटनको विरोध गरियो  र सर्वोच्च अदालतबाट प्रधानमन्त्रीको कदम असंवैधानिक ठहर पनि गरियो । सर्वोच्च अदालतले पुनस्र्थापना गरेको प्रतिनिधिसभाले कुनै निर्णय गर्न सकेको छैन । अर्थात ओली सरकारको बिकल्प दिन सकेको छैन । यसरी देशको राजनीतिक अन्यौलग्रस्त अवस्थातिर घचेटिएको छ । विकसित राजनीतिक घटनक्रमले दलहरुका आवरणमा चुनाव लडेर सांसद बनेका  नेताहरु सांसद पद गुमाइरहेका छन् । संवैधानिक प्रावधान अनुसार दल बदल गरेपछि पूर्ववत दलको हैसियत समाप्त हुने भएकाले दल बदल गरेका नेताहरुको सांसद पद समेत समाप्त भएको छ । यसरी सांसद पद रिक्त हुँदै गइरहेको अवस्था छ । रिक्त सांसद पद परिपूर्तिका लागि उपचुनाव अपरिहार्य बन्न गएको छ ।

प्रधानमन्त्री केपीओलीले मध्यावधि चुनाव गराउन चाहेका थिए । सर्वोच्च अदालतबाटै त्यो कदम असंवैधानिक ठहर भएपछि विकसित घटनाक्रमले देशलाई उपचुनावहरुको लहरमो घचेटिदिएको छ ।  पचासौं सांसद पदहरुको उपचुनाव गराउनु पर्ने बाध्यात्मक अवस्थाले मध्यावधि चुनाव आवश्यक थियो भन्ने कुरा पुष्टि गरिरहेको छ ।

संविधानले निर्दिष्ट गरेका सवै प्रावधानहरु कार्यान्वयन हुन सकिरहेका छैनन् । संविधान नै अपूर्ण छ र संशोधन गरियोस् भन्ने आवाज पनि सडकमा गुञ्जायमान छ । संविधान खारेज गरियोस् भन्ने आवाज पनि सडकमा सुनिएकै छ । यति मात्र होइन गणतन्त्रको बिकल्प राजतन्त्र भनेर सडक तताउनेहरु पनि शक्तिमा देखिएका छन् । यो अवस्थाले स्पष्ट गर्छ कि संविधान आपैmमा पूर्ण छैन । त्यसैले संविधानका धाराहरुलाई मात्र हेरेर जनभावना संवोधन हुँदो रहेनछ भन्ने कुरा पुष्टि भइरहेको छ ।

राजतन्त्रकालको संविधानले राजतन्त्रबारेको प्रावधानलाई अपरिवर्तनीय भनेको थियो । जुन संविधानले आफूलाई अपरिवर्तनीय भनेको थियो । त्यो संविधानको अन्त्य भएको छ । अपरिवर्तनीय केही कुरा हुँदैन भन्ने कुरा नेपालकै घटनाले संदेश दिएको छ । परिवर्तन गर्नुपर्ने कुरालाई परिवर्तन नहुनसक्ने भन्नु मुर्खता हो ।  परिस्कार गर्नुपर्ने र परिमार्जन गर्नुपर्ने कुरालाई अस्वीकार गरेर राजनीतिमा अगाडि बढ्न खोजियो भने त्यस्तो राजनीति दुर्घटनामा जान्छ । यो विश्वका तमाम देशहरुमा भएका घटनाहरुसँगै नेपालमै भएको राजतन्त्रको अन्त्यले पनि प्रष्ट गरेको छ ।

दुईवटा संविधानसभाको चुनावले निर्वाचित भएका जनप्रतिनिधिहरुले निर्माण गरेको संविधानले पनि कतिपय सवालहरुलाई अपरिवर्तनीय ठानेको छ । जो सरासर गलत हो । संविधानमा अपरिवर्तनीय सन्दर्भहरु लेख्नु नै संविधान निर्माण गर्ने सभासदहरुको अपरिपक्वताको स्पष्ट उदाहरण हो । संविधान निर्माण गर्नेहरुले समाजको आवश्यकतालाई बुझ्न नसकेको कुरा स्पष्ट हुन्छ । संविधान निर्माण गर्नेहरुले देशका शोषित, उत्पीडित जनताको भावनालाई समेटेर संविधान बनाएका छैनन् । संविधान निर्माताहरुले देशको सार्वभौमसत्ता कसरी सुरक्षित हुन्छ भन्ने कुरा तर्पm गम्भीरतापूर्वक विचार पु¥याएका छैनन् भन्ने कुरा पुष्टि भइरहेको छ । सीमा अतिक्रमणका घटनाहरुमा  भइरहेका गतिविधिहरु वा छिमेकी देशहरुका विरुद्ध हाम्रो देश युद्ध भूमिमा परिणत हुनसक्ने सम्भावनाहरुले यही कुरालाई पुष्टि गरिरहेका छन् । संविधान निर्माण गर्नेहरु देश र जनताप्रति जिम्मेवार बन्न सकेनन् वा उनीहरुले आफ्नो जिम्मेवारी बुझ्न सकेनन् भन्ने कुरा प्रष्ट हुन्छ ।

हुन्त यो संविधान आठ वर्ष लगाएर बनाइएको हो । यस किसिमको संविधान  सुखद् स्वागतको हुनुपर्ने थियो । ठूलो विवादका बीच संविधान बनेको हो । विवादहरुको समाधान नगरेरै संविधान घोषणा गरियो । त्यसैले पनि संविधानले देशलाई स्थिरता दिन सकेको छैन । संविधान मातहत चुनाव सम्पन्न भयो चुनावले दुई तिहाई बहुमतको नजिक एउटा पार्टीलाई सरकार बनाउने हैसियतमा पु¥यायो । राजनीतिक स्थिरताको लागि यो भन्दा अर्को परिणाम चुनावले दिन सक्दैन । तर पनि राजनीतिक स्थिरता कायम हुन सकेको छैन । आखिर किन ? यो प्रश्नको उत्तर गम्भीरतापूर्वक खोजी हुनु पर्दछ ।

दलित, महिला, जनजाति, मधेसी लगायतका आवाजहरु संविधानमा सुनिएका छैनन् । हिमाली क्षेत्रका जनताको अवस्था संविधानले सुन्न सकेको छैन । संविधानले धर्म निरपेक्षताको नाममा ईशाईकरणलाई प्राथमिकतामा राखेको जस्तो भएको छ । यस संविधानसँग दलित असन्तुष्ट छन्, जनजातिहरु घोर असन्तुष्ट छन्, मधेसहरु त झन् विद्रोहमै उत्रिएर संविधान जलाएका हुन् । अव यस संविधानलाई हामीले के गर्ने ? पालन गर्ने कि नगर्ने ? यो नै अहम् प्रश्न हो ।

 संविधानमा मौलिक हक र वाक् तथा प्रकाशन  स्वतन्त्रताको राम्रो व्यवस्था गरिएको छ । तर संविधान विपरित दुई तिहाई बहुमत प्राप्त गरेको सरकारले काम ग¥यो । संविधानमा भ्रष्टाचार विरुद्ध राम्रो व्यवस्था भएको छ । तर सरकारमा रहेकाहरु नै भ्रष्टाचारमा लिप्त रहे । ठूला भ्रष्टाचारका काण्डहरु देशमा भएका छन् । भ्रष्टाचारीहरुलाई सरकारले दण्डित गरेको छैन । बरु पुरस्कृत गरेको छ । भ्रष्टाचार सम्बन्धमा ट्रान्सपरेन्सी इन्टरनेशनले समेत नेपाललाई लज्जित बनाउने विवरण सार्वजनिक ग¥यो । यसले स्पष्ट गर्छ भ्रष्टाचार विरुद्ध सरकारले संविधान बमोजिम गर्नुपर्ने काम गरेको छैन । त्यसैगरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाउने काम सरकारले ग¥यो । यस्तो काम संविधान बमोजिम हुँदैन । संविधानमा कुनै पनि राजनैतिक दलहरुमाथि  प्रतिबन्ध लगाउन पाइने छैन भनेर स्पष्ट व्यवस्था गरेको छ । सरकारले राजनैतिक दलमाथि प्रतिबन्ध लगायो तर संविधान निर्माणमा आठ बर्ष खर्च गरेका नेपालका राजनैतिक दलहरुले प्रतिबन्धको विरोध गरेनन् । संविधानमा राष्ट्रिय स्वाधिनताको कुरा गरिएको छ । तर कुनै विदेशी शक्तिको शैन्य लक्ष्यलाई सहयोग पुग्ने गरी नेपालको संविधानले समेत निषेध गर्न नपाउने गरी विदेशी शक्तिलाई देशभित्र भित्र्याउने सरकारको प्रयास भइरहँदा संविधान निर्माणमा जुटेका राजनीतिक दलहरुले सरकारलाई खबरदारी गर्नु त कहाँ हो कहाँ बरु मतियार बन्ने काम गरिरहेका छन् । यसरी संविधान निश्कृय बनाउने काम संविधान निर्माण आठ बर्ष लागेका राजनीतिक दलहरुले नै गरिरहेका छन् । यसरी संविधानको स्थिरता कसरी हुन सक्ला ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here