सिपाहीका गुनासा सुन्दै प्रधानसेनापति

77

काठमाडौ, प्रधानसेनापति पूर्णचन्द्र थापाले सकलदर्जाका पिरमर्का, समस्या र साय सुझाव संकलनका लागि प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम सुरु गरेका छन् । त्रैमासिक रुपमा सञ्चालन हुने कार्यक्रमको नाम सिपाहीसँग प्रधानसेनापति राखिएको छ । शुक्रबारबाट सुरु भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापनि थापाले
सकलदर्जामा सकारात्मक सोच र प्रयासबाट संगठनका प्रक्रिया, पद्धति र प्रणालीहरुमा सुधारात्मक प्रवृति देखिनुका साथै नेपाली सेनाले शुरु गरेको परिवर्तनको संगठन भित्र र बाहिर दुवैतर्फ सकारात्मक प्रभाव पर्दै गएको बताए । कार्यक्रममा बोल्दै प्रधानसेनापति थापाले नेपाली सेनाको आधुनिकिकरण तथा आत्मनिर्भरता अभिबृद्धि गर्न नेपाली सेनाको दीर्घकालिन सोच तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।

कार्यक्रममा उनले सकलदर्जाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राखेका विभिन्‍न रायसुझाव तथा जिज्ञासाहरुलाई सम्बोधन गर्दै नेपाली सेनाको कमाण्ड सम्हालेको एक वर्ष पुरा हुने अवसरमा आगामी भदौ २४ गते वार्षिक समिक्षासहित उपस्थित हुने जानकारी समेत गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here