पोर्चुगलले जित्यो नेसन्स लिगको उपाधि

63

एजेन्सी /  पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्ड्सलाई १–० गोल अन्तरले पराजित गरि उपाधि चुमेको हो । गुन्जालो गुइडेसको गोलमा पोर्चुगलले उपाधि जित्न सफल भयो ।

खेलको पहिलो हाफसम्म गोलरहित बराबरी भएको थियो । पोर्चुगलले दबावमा खेलेपनि जित दर्ता गराउन सफल भए । पहिलो हाफमा बराबरी खेलेको पोर्चुगलले ६० औं मिनेटमा गोल गर्न सफल भयो । गुन्जालोको गोलबाट पोर्चुगलले अग्रता बनाएको थियो । एक गोलको अग्रता बनाएसँगै पोर्चुगलले रक्षात्मक खेल खेलेको थियो । बाँकी समयसम्म नेदरल्यान्ड्सलाई १–० गोलको अवस्थामा रोक्दै पोर्चुगलले विजयी हात पारेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here