काठमाडौं / गत डिसेम्बरमा सिड्नीमा युएनएईले आयोजना गरेको ‘‘मिष्टर नेपाल ओसिनिया २०१८’ का विजेता निश्चल खड्काको टाईटल खोसिएको छ।
आयोजक संस्थाकी अध्यक्ष भुमा लिम्बुले बिहिबार प्रेस विज्ञप्ती जारी गरी आयोजकसँगको सम्झौता विपरित गएकाले उनको ताज खोसिएको जानकारी गराएकी छिन्। ‘पटक पटक उनलाई सम्झाउँदा र सुधार्ने समय दिँदा पनि अटेर गरेरपछि उनको टाईटल खोसिएको हो,’ वक्तव्यमा भनिएको छ।
विजेता खड्कालाई जुन ६ सम्मको समयसिमा राखेर टाईटल बापतको ट्रफी र प्रमाणपत्र फिर्ता गर्न आयोजकले सूचित गरेको उनले जानकारी दिइन्। आयोजकसँगको सम्झौता विपरित पटक–पटक अन्य कार्यक्रमहरुमा बिना सूचना सहभागी भएको भन्दै टाइटल खोस्न बाध्य भएको दाबी वक्तव्यमा उल्लेख छ।


















