धनुषा– धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ३ स्थित नगरपालिकाको कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको छ ।
बुधबार राति लगभग १० बजेतिर भएको बम विस्फोटबाट कार्यालयको पर्खाल भत्केको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ । हालसम्म विस्फोट कसले र किन गराएको विषयमा केहि खुल्न नसकेको उपरीक्षक खनालले जानकारी दिए।


















