पूर्वसांसद पौडेलको निधनमा शोक प्रस्ताव पारित

109

काठमाडौं– प्रतिनिधिसभाको शुक्रबारको बैठकले पूर्वमन्त्री एवं संविधानसभाका तत्कालीन सदस्य धनीराम पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा सभामुख कृष्णबहादुर महराले राखेको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

विसं २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत नेकपा (माओवादी) को तर्फबाट समानुपातिक सदस्यका रुपमा निर्वाचित, पूर्वशिक्षामन्त्री एवं हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य धनिराम पौडेलको ५३ वर्षको उमेरमा शुक्रबार बिहान चितवन माडीमा निधन भएको थियो ।

आजको बैठकका लागि निर्धारित विनियोजन विधेयक, २०७६ को जारी छलफलअन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल आगामी असार ३ गते हुने सभामुख महराले जानकारी दिए ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी असार १ गते बिहान ११ बजे बस्नेछ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here